(१) फोहरमैला व्यवस्थापन स्थल बन्द गरे पश्चातको व्यवस्थापन देहाय बमोजिम गर्नु पर्नेछः–
(क) फोहरमैला व्यवस्थापन स्थलमा फोहर विसर्जन गर्ने कार्य बन्द भए पश्चात् सो स्थलबाट निस्कने लिचेट, ग्यास, दुर्गन्ध लगायतले उक्त क्षेत्रको वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव र त्यसको न्यूनीकरणका उपायहरु अवलम्बन गर्ने,
(ख) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् निस्कने ग्यासको उपयोग तथा व्यवस्थापन सम्बन्धी उपायहरु अवलम्बन गर्ने,
(ग) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् सो क्षेत्रको पुनप्रयोगको सम्भावना, पुनप्रयोग गर्दा अवलम्बन गर्नु पर्ने विधि तथा उपायहरु अवलम्बन गर्ने,
(घ) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् सो स्थल वरिपरिको प्रभावित क्षेत्रको व्यवस्थापनका उपायहरु अवलम्बन गर्ने,
(ङ) फोहरमैला व्यवस्थापन स्थल बन्द पश्चात् निश्चित समयसम्म सो स्थलमा आवतजावत बन्द गर्नु पर्ने र अपनाउनु पर्ने सचेतना सम्बन्धी विषयहरु अवलम्बन गर्ने,
(च) प्रारम्भिक वातावरणीय परीक्षण तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका सुझावहरुको अवलम्बन गर्ने ।
(२) फोहरमैला व्यवस्थापन स्थलको बन्द पश्चातको व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था स्थानीय निकायले सोको सम्बन्धमा तोकेको मापदण्ड तथा निर्देशिकामा उल्लेख गरिए बमोजिम हुनेछ ।